दफा ७२
विद्युतीय एकीकृत नक्सा तयारी तथा विवरण अद्यावधिक गर्नु पर्ने,
(१) ऐनको- दफा ५६ को प्रयोजनको लागि नेपाल सरकारले यो नियमावली प्रारम्भ भएको मितिले तीन वर्षभित्र विद्युतीय अभिलेख सहितको एकीकृत नक्सा तयार गर्नु पर्नेछ।

(२) अनुमतिपत्र प्राप्त संस्था वा सेवाप्रदायकले समेत आफ्नो खानेपानी तथा सरसफाइ सेवा सम्बन्धी विवरण उपनियम . (१) बमोजिमको विद्युतीय एकीकृत नक्सा अद्यावधिक गर्नका लागि सोही अनुसार निर्दिष्ट गरिएको ढाँचामा उपलव्ध गराउनु पर्नेछ।

(३) उपनियम (२) को प्रयोजनको लागि अनुमतिपत्र प्राप्त संस्था वा सेवाप्रदायकले आफ्नो सेव्रा प्रणालीको खानेपानी तथा सरसफाइ सेवा सम्बन्धी आवश्यक विवरण अद्यावधिक गरी राख्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको विवरण मन्त्रालय, विभाग, मन्त्रालयले तोकेको अधिकारी, आयोग वा अनुमति प्रदान गर्ने अधिकारीले माग गरेका बखत उपलव्ध गराउनु पर्नेछ।